मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडाैं | मंसिर १३, २०८०

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 

धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से-२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका(५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको हो।

 

दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ । रास्वपा सभापति लामिछाने र काठमाड...

थप पढ्नुहोस्

लमजुङ:   बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।   बेंसीशहर नग...

थप पढ्नुहोस्

लेखनाथ:   पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१ औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ ।   देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अ...

थप पढ्नुहोस्